धर्मगुरू आत्मानन्द लिङ्देनज्यूबाट प्रबचन

 

धर्मगुरू

विश्वले थाहा पाएको छ। यो भाग्य भनेको तपाईहरुको हो।यस्तो भाग्य तपाईहरुले बेलैमा समात्न सक्नु भएन भने गुम्न सक्छ।जस्तै कृष्णले चक्र लगायत विभिन्न हतियारहरु यहि भारत नेपालतिर  चलाएको थियो।त्यसलाई भारतले प्रयोग गर्न सकिरहेको छैन्।त्यहि ज्ञान अमेरिकातिर गएर विभिन्न शस्त्र बनाएर विश्वलाई चकित बनाईरहेको छ।विश्वमा मान्यता पाईसक्यो।त्यस्तै बुद्व पनि नेपालमा जन्म्यो।तर बुद्धको ज्ञान शक्ति नेपालमा बस्नेले बुझेन्।बुद्धको सन्तानले बुझेन्।अहिले जापान,चीनमा पुगेर त्यसको लच्छिन खाईरहेको छ।प्रयोग भई रहेको छ।टेक्नोलोजीका कुरा राम्ररी तपाईहरुले याद गर्नु।गाउँ घरमा सुन्नु हुन्छ  होला।वल्लो घरको खैलाबैला पल्लो घरको लाभ,माथिल्लो घरको लच्छिन तल्लो घरमा सर्यो भनेर कथा गर्छन् त्यो त साँचो कुरा हो।त्यसैले धर्मको महत्व धर्ममा भएको लच्छिन चिन्न सकिएन् भने  अरुमा जान सक्छ।

                  अहिले यसले अन्तराष्ट्रिय रुप लिन थाल्यो।यसको छहारी अन्तराष्ट्रिय स्तरमा पुग्न थालेको छ,किरातीहरु एकता होऔ भन्न थालिएको छ,यसको मतलव किरातीहरुमा कुरिती छ,कुमार्ग छ,घमण्ड छ,क्रोध छ,त्यसबाट त्यागेर त्यस मानेमा एकता होऔ भनेर भनेको छु।त्यो एकता भयो भने तपाईहरुले आफ्नो धर्म चिन्नु हुन्छ। यो देशलाई तपाईहरुले आफैले बनाउन सक्नुहुन्छ, तपाईहरु आफै खुट्टामा उभिन सक्नुपर्छ। यो फल भनेको नेपालमा बस्ने जुनसुकै जातिले पनि उपभोग गर्न पाउँछ। यो साम्प्रदायिक हुदैन्। यस पटक काठमान्डौमा एक सय सोह्रौ जन्म-जयन्तीको लागि गएको थिएँ। त्यहाँ मलाई विभिन्न नामले चिन्यो।कसैले आधुनिक गुरु भन्थ्यो। धेरै मान्छेले साधु सन्त महन्त भएपछि कमण्डलु भिरेर मागी खाएको जस्तो सोच्छन्। म त साधारण पोशाकमा थिएँ, आधुनिक गुरु पनि भन्थे। यो देशमा कता कता साम्प्रदायिक पनि छ कि भनेर शंका लाग्यो किनकी कसैले भन्थ्यो यो त किरातीहरुको लागि मात्र हो। हिन्दुहरुको लागि त होईन भन्थे।आ-आफ्नो पन्थले आ-आफ्नो किसिमको अड्कल गरे। तर हाम्रो सत्य कर्म,सत्यको विजय भएर आएको छ र कतिपयले पनि छेकबार गरे। यो त सत्यहाड़मा साधुहरुको पो त भनेर हाम्रै जातिको याक्थुड़ चुम्लुड़ले पनि छेकबार गर्यो। तर पनि खुसी लाग्यो यो देशको सत्ताधारीले पनि सहयोग गर्यो र प्रतिपक्ष दलले पनि पूर्ण सहयोग गर्यो। यसमा वहाँहरुलाई मेरो धेरै धेरै धन्यवाद छ।
                 यसरी यो धर्म चिन्नुपर्छ।यो धर्म यो देशको निम्ति हो। यो धर्म फैलियो भने यो देश बलियो हुन्छ। यो धर्म यो देशको गहना हो। राज्यको सम्पति हो। यो राज्य सत्ताले सम्हाल्न सकेन भने अमेरिकाले सम्हाल्छ। जापानले लगेर सम्हालिदिन्छ, उसले पो फाईदा लुट्छ,अनि यो देश नाड़गो हुन्छ। त्यसैले धर्म चिन्नुपर्छ। यी देशमा जनता,जाति,बर्गले चिनेर सम्हाल्न सकियो भने यसको लच्छिन यसैमा रहन्छ,माड़वा हाड़वा यसैमा रहन्छ,यो मुलुकमा रहन्छ। अनि यो मुलुक संसारले पुज्ने राष्ट्र बनिन्छ। यस्तो कुरा धर्ममा लुकेको हुन्छ।
                 हाम्रो किरात धर्मले अन्तराष्ट्रिय रुप लियो।किरात धर्म अन्य जातिले पनि मान्छु भन्यो भने मान्न दिनोस्।त्यो ज्ञान उसले पनि उपभोग गर्न पाउँछ। जस्तै एउटा विरामी छ,अर्को डाक्टर देखाउदा निको पार्न सकेन र किरात धर्मका डाक्टरहरुले निको पार्यो भने मान्छ,उसको शरिरको मुक्ति हुन्छ। नेपालमा विभिन्न जाति छौ।हाम्रो किरात मन्त्रले बेग्लै जातिलाई सेंहें लागेको भए फूकि दियो भने निको हुन्छ। मानव सेवा भनेको,समिष्णुता भनेको त्यो हो।सबैसग प्रेम राख्नु ,सदभाव राख्नु ,माया राख्नु ,दया राख्नु , यहि कुरा नै अनुरोध गर्न चाहन्छु। विश्वमा राजनीतिक दर्शन टुक्रा टुक्रा भएर बसेको छ। धर्म दर्शनहरू  पनि छन्। तिनीहरुको फल सबैले टिपी खाएर बूढो गाई जस्तै भएर जादैछ। भोलि गएर विश्वलाई समेट्दै जान्छ।  मीठो चीज फल्यो भने अमेरिकाकोले पनि आएर खान्छ।चीनको मान्छे पनि आएर खान सक्छ। विस्तारै किरात धर्मले विश्वलाई नै एउटै धर्ममा गाँसेर लान्छ। किनकि ज्ञान पाएपछि त्यो त मान्नु पर्यो। किरात धर्म त्यसरी संसार भर फैलिन्दै जान्छ। माड़ले नै त्यसरी दिएको हुन्छ। यो डाँडा कहिल्यै भत्किन्दैन भन्थे, उसको दिन आयो भत्कियो। रुख बूढो भएपछि ढल्छ। दर्शनको पनि आयु हुन्छ। आयु पुगेपछि ढल्छ। समय भएपछि ढल्छ।  सबै चीजको आयु हुन्छ।भीर बलियो हुन्छ तर आयु पुगेपछि आफै उप्केर झर्छ। सबै चीजको आयु हुदोँरहेछ भनेर सोच्नोस्। आयु पुगेपछि ढल्दो रहेछ भनेर सोचिदिनोस्।
                 अरु धर्म सबै हुर्के बढे,फले,खाए हामीले पनि खायौँ। कति अब बुढो भयौ। नया चाहियो।  यसरी किरात धर्मले समेट्दै लान्छ।यसमा सबै जाति आउन सक्छ। सबैलाई ज्ञान दिन सक्छ। यो भनेको राई लिम्बूको मात्र धर्म होईन्। यो विश्वको धर्म हो। तर यसको कम्पनीको नाम हो किरात धर्म। यसभित्र के के छ,सबैले अध्ययन गर्न पाउँछ। किरात बन्धुहरुलाई के भन्छु भने धर्ममा एकबद्ध हुनुहोस्। धर्म चिन्नोस् तब त्यस भित्रको तत्व पत्ता लगाउन् सक्नुहुन्छ। तपाईहरु त्यसभित्र पस्न सक्नुहुन्छ र विभिन्न कुराहरु पत्ता लाउन सक्नु हुन्छ।
_______________________________________

बुद्ध नेपालमा जन्मनु भयो, किरातको नाता गोता हो। बुद्धको भित्री आत्मामा एउटा जुन ज्ञान थियो। त्यो नेपालीहरुले जानेनन्। विदेशमा त्यो बुझे। तपाईंहरुलाई जापानी सामान मन पर्छ कि पर्दैन, चट्ट बनेको हुन्छ। पसलमा गएपछि जापानी सामान पहिले हेर्नुपर्छ। त्यो बनाउने ज्ञान कहाँबाट आयो। बुद्धको दिव्य शक्तिले त्यो ज्ञान पाएको छ। र, संसारको पैसा सबै सोहोरिएर जापानमा पुग्छ, चीनमा माङ्वा हाङ्वा त्यसरी गएको छ, हामीले जान्नु पर्छ। जिसस् क्राईष्टको पनि एउटै मात्र ज्ञान थियो कि अहिले पश्चिमेलीहरुको भाषा विश्वमा विख्यात भएको छ। हामी सबैले बोल्नुपर्छ। यसरी माङ्वा हाङ्वा जति सबै उनीहरुले डोल्याएर लगे। धन, सम्पत्ति, बुद्धि, ज्ञान, विवेक सबै डोल्याएर राखेको छ। तपाईंहरुले कसरी थाम्नु हुन्छ? यो बुद्धिले त थाम्न सक्छ जस्तो लागेन। तपाईंहरु जताततै कुद्नु हुन्छ। तपाईंहरुको भाग खोइ? त्यो आएर तपाईंहरुको लक्ष्य पूरा हुन्छ? तपाईंहरुको भाग्य आउन आट्यो कसरी थाम्नु हुन्छ? के सोच्नु हुदैछ तपाईंहरु? मुहिङ्गुम अङ्सीमाङले दिनु भएको एउटै मात्र ज्ञान जान्यौँ भने किरातीहरु पनि विश्वमा देखा पर्छन र धनी हुन्छन तर बुद्धि कम छ, तपाईंहरुको भाग्यको दिन आउन आटेको तपाईंहरुले चिन्नु हुन्न। त्यसैले होसियार हुनुहोस।

हवाईजहाज, हेलिकप्टर उड्दा छक्कै परेर हेरिन्दै छ नि, त्यो ज्ञान कसले दियो? कहाँबाट आयो? कसरी आयो? सुत्र त्यसरी आएको हुन्छ। किरातीहरुक‍ो पहिलेको बाजामा भालू बासको मादल थियो। सबैको आ-आफ्नै किसिमको हुदा अहिले विभिन्न बाजा-गाजाहरुको विकास भएर गएको छ। अहिले त्यो बजाएको धुन सुन्दा आनन्द लाग्छ। तर कसले अह्राएको थियो? कसरी भयो? त्यो सुत्र राम्ररी बुझ्नु पर्छ।
         जाने भनेर धेरै ठूलो नहुनोस, सानो भएर पनि नबस्नुहोस। ठिक्कमा हिड्नुपर्छ। साथीभाईहरुलाई सम्झाउनु पर्छ। तपाईंहरुले दिमागलाई स्वच्छ बनाउनोस।
_______________________________
   
       यहा कोही चन्द्रमामा पुगिसके। घरमा हरेक चीज राखिसके, उनिहरुले धर्मको शक्तिले गर्दा। बुद्ध धर्म मान्नेहरु माथि हिउँ पर्ने ठाउँमा बस्छन, सुनको थाल बनाएर भात खाएर बसेका छन, गुम्बामा कहिल्यै बत्ती मर्द‌‌ैन। धर्मको शक्तिले चीन, जापान विकसित भएर गयो। तिनीहरू हामी जस्तै मान्छे, हाम्रै दाजुभाइ त हो। धर्मले त्यसरी चेतना दिन्छ। मान्छे बनिनलाई ज्ञान चाहियो। ज्ञानलाई बोध गर्न विवेेक चाहियो, बुद्धि चाहियो। उनीहरुको त्यसरी विकास भयो। हामी चाहिँ त्यो ठूलो घैला छोड्दैनौ। अलि अलि गर्दै खाएर जीवन बिताउदैछौ। चन्द्रमामा गएर घर बनाउनु त ह‌ैन त्यहि उत्तानो परेर जिन्दगी बित्छ। मैले त्यसो गरे भने छोरा छोराछोरीले सिक्छ। छोराछोरी पछि नाति नातिनीले सिक्छ र हामी त पुच्छर बिनाको छेपारो जस्तो हुन्छौं, बाबु बिनाको छोरो जस्तो हुन्छौं। त्यसैले अबको पिडीका युवा, बृद्ध, बुद्धिजीवी, उच्च शिक्षा हासिल गरेका सम्पूर्णले यो कुरामा लागेर केही गर्न सक्यौ भने सुन्दर फुलबारी बनिन्छ।
___________________________________

मान्छेहरु चन्द्रमामा पुगे, माथि भू-उपग्रह राखेर संसार हेर्दैछन। हामी पनि मान्छे हौ तर हामी चन्द्रमा पुग्ने यन्त्र रक्सी खान्छौ, मातेपछि महादेव उतानो परेपछि त्यहि हो हाम्रो चन्द्रमा।
_______________________________

बुद्ध धर्म नेपालमा उत्पत्ति भएको ह‍ो। अहिेले संसारले मान्छ, लच्छिन पायो, वैज्ञानिक भए, हरेक क्षेत्रमा अगाडि भए। हामीले पनि हामीले पनि किरात धर्म पाईरहेका छौ। हामीले चिन्न बुझ्न सकेनौं भने अरु देशले लगेर जान्छ, अरु देशले विकास गर्दै जान्छ। त्यो शक्ति माङ्वा हाङ्वा, सिद्धि शक्ति त्यतै जान्छ र उनिहरु अझ नया तत्वको खोजमा पुग्छन। त्यसकारणले हामीले साह्रै जान्नुपर्ने र बुझ्नुपर्ने स्थिति भएको छ। खानपानले हामीलाई पछाडि पारेको छ।
________________________________

यो पवित्र धर्म तपाईंहरुले पाउनु भएको छ। यो जान्न, बुझ्न र चिन्न सक्नु भएन भने अरुहरुले लान्छ। लुम्बिनीमा जन्मिएको बुद्धको देन चिन्न नसक्नाले बुद्धको लच्छिन चीन, जापान, थाईलैण्ड ईत्यादि मुलुकहरुमा पुगेको छ, फैलिएको छ। त्यसैले गर्दा जापान आज ईलेक्ट्रोनिक सामानमा विश्व प्रसिद्ध भएको छ। यसरी किरातीहरुको कूलमा महागुरुलाई अन्तिम रुपमा पाएका छौ। वहाको देन, लच्छिन जान्न सकेनौँ भने, यो धर्म बुझ्न सकेनौँ भने, यो शक्ति अर्को ठाउँमा सरेर गईहाल्छ र बुद्ध धर्म जस्तै हुन्छ है, सतर्क हुनुहोस।
_____________________________________

महागुरु फाल्गुनन्द स्वामीको पालामा पान्थर चोकमागु बस्ने एकजना चेलाले भात पकाएर थालभरि पस्काए। अनि महागुरुलाई -" गुरु खाईदिनु पर्यो" भनेर चेलाले भन्यो। त्यतिखेर थालको एक छेउमा अलिकति टिपि खादै महागुरुले -" मेम्बे फलाना ए! केनिङवाबा:बान निसुङबे , केघोसु,।" भनेर चेलालाई भन्नुभयो। आजभोलि त्यस चेलाका सन्तानहरुले पैसा कमाई राखेका छन। युके हङकङमा काम गरेर जागिर खान पाईरहेका छन। त्यस्तो हुन्छ माङवा हाङवा भनेको अरु धेरैले त महागुरुले दिनुभएको माङवा हाङवा नै बिर्सिहाले।
           महागुरु फाल्गुनन्द स्वामीले दिईराख्नु भएको आशीर्वाद माङवा हाङवा अलिकति रविमा रहिरहेको छ। त्यो कुरा अहिले देखिदै आएको छ। त्यो माङवा हाङवा पाएर भरिपुर्ण हुदा पनि माङलाई नबिर्सिन्ने , माङलाई चिन्न नछोड्ने व्यक्ति मनोज साम्पाङ हुनुहुन्छ। वहाले दमक, झापामा महागुरुको सम्झानामा महागुरुको सालिक निर्माण गरि स्थापना गर्नुभएको छ। हो , त्यसरी काम गर्नुपर्छ।
              मैले यहाँ गरिब दुखि देखेर माङवा हाङवा दिएको छु। ज्ञान, विवेक, सिद्धि शक्ति दिएको छु। आज मैले दिएको माङवा हाङवा पाउनु भएको छ। माङवा हाङवा सिद्धि शक्ति पाएर हरेकले सम्पति कमाएर पनि आफ्नो धर्म , कर्म आफ्नो माता पिता बिर्स्यौ भने माङले छाड्छ, साह्रै ख्याल राख्नुपर्छ।
            उहिले किरात बंशहरुको राज्य सत्ता हुदाखेरि सत्तामा बस्ने किरातहरुले मलाई चिन्छन कि चिन्दैनन् भनेर तागेरा निङवाभुमाङ (परम परमात्मा ईश्वर ) घुम्दै जादा त किरात राजाहरु त धेरै विवाह गरेर बाझ्दै, जुध्दै गरेको , झै झगडा मात्र गर्दै गरेको र मनोरञ्जनमा मात्र भुलेर लठ्ठ भईबसेको देखे।
            माङले यस्तो कृयाकलाप देखेपछि अब यिनीहरुलाइ माङको आशीर्वाद बढी भयो भनेर त्यो लक्षिन पनि किरात वंश, सम्प्रदायबाट माङले लगेर गयो। यसरी लक्षिन उठाई लगेपछि माङ त गोर्खातिर गएर हेरेछ। त्यतिखेर पृथ्वीनारायण शाह गोठाला गर्दै गरेको देख्यो। साधुको भेषमा माङ त्यहा पुगेर दहि छादिदियो। त्यतिखेर त्यो दहि पृथ्वीनारायण शाहको खुट्टामा लाग्यो। त्यो साधुले "नानी ! खाएको भए संसारमा तिमी संसारमा चक्रवर्ती राजा हुन्थ्यौ, तर तिम्रो खुट्टामा मात्र लाग्यो, तिमीले टेकेको जतिमा राज गर्छौ।" भनेर पृथ्वीनारायणलाई भन्नुभयो। साधुले भन्नुभए जस्तै पछि पृथ्वीनारायण शाहले टेकेजति ठाउँको राजा बन्यो। यो कुरा ईतिहासमा उल्लेख छ।
          यो युगमा तपाईंहरुलाइ शिक्षा , दीक्षा,ज्ञान, विवेक सिद्धि शक्ति पाईराख्नु भएको छ।त्यो नै हाम्रो भाग्य हो।यो भाग्यलाई तपाई हामीले चिन्नुपर्छ, जान्नुपर्छ।
       यसरी थुप्रै सयङहरु मिलेर काम गर्दै गईयो भने आनी कुसाङ आल, कुलिङधो आगेत्पि, चोलुङ लमा याम्बक पोङबी अर्थात तपाई हामी सयङको प्रयासबाट हुन्छ कि जस्तो लाग्छ।
   म तपाईंहरुलाई के भन्न चाहन्छु भने माङवा हाङवा पाएर माङलाई कहिल्यै बिर्सन्नु हुदैन । बिर्सनु भयो भने त के हुन्छ भन्ने कुरा त अघि नै भनी सके।
            हाम्रो समाज, सम्प्रदाय वा किरात कुलमा महागुरु फाल्गुनन्द स्वामिले प्रदान गर्नुभएको आशीर्वाद , माङवा हाङवा हामीले बिर्स्यौ। त्यसैकारण अहिले दुख पाईरहेका छौ।
______________________________________

मुहिड़गुम अड़सीमाड़ले यसबारेमा तान्दी सिड़सिड़ येक् येक् केल?रिआड़ साम्याड़वा लिड़े,  युप्पावा लिड़े थाक्थाकुम् लिड़देनहाड़मा नावा चइत सेन्दी पेसापदाड़मा चड़साम्बो याम्बो थान्छीड़ाड़ तागेरा निड़वाभूमाड़ीन पारेल्ले मेन्छाम्गेन नाम्याप्मीसा तान्दी माड़वा केखोसिर,हाड़वा केखोसिर,पेली केल?सुम्ल,पान्जाड़ केल?सुम्ल,इड़जाड़ केलसुम्ल,सेसे साड़साड़ केल?रिर फा?आड़ कन इड़घड़ड़ीन चेक्नीड़धाड़नीड़बा भनेर भन्नु भएको छ। त्यसको मतलब यो ज्ञान ,यो धर्म,दर्शन साहित्य,संस्कति तिमीहरुले पछि ज्ञानी भएर पक्डेर ,गरेर यो समाजलाई सुधार गरेर लग्यो भने बोल्ने शक्ति,स्मरण शक्ति,जन शक्ति,धन शक्तिको केन्द्रमा तिमीहरु पुग्छौ कि भनेर यो बाटो राखिदिएको है,यो दर्शन देखाएको है भनेर मुहिड़गुम अड़सीमाड़ले भन्नु भएको छ।हामी किरातीहरुले सुनको डल्ला त भेट्टाएका छौ,तर चिनेको छैनौ। त्यो के हो,के हो।
               बुद्ध लुम्बिनीमा जन्मिनु भयो।बुद्धको सहि दर्शन थियो, ज्ञानको  मोती थियो,नेपालले चिन्न सकेन र चीन,जापान,थाईल्याण्डमा गयो।आज जापान हर क्षेत्रमा अगाडि भइरहेको छ। धर्मको आशीर्वाद भनेको त्यस्तो हुन्छ। क्रिश्चियनहरुले उनीहरुको भाषा,धर्म संसारमा फैलाएर ल्याए। यो क्राइष्टको आशीर्वाद हो। तिनीहरु त पहिला मान्छे मारेर भोग दिई पूजा गर्नेहरु हुन्। त्यो कुरा छोड्नु पर्छ भन्दा क्राइष्टलाई झुण्ड्याएर मारे। समाज सुधारकहरु पनि कहिले त्यस्तोमा परिन्छ,नपर्ने त होइन। म पनि त पर्न खोजेकै हो। त्यसकारण हामीले यो कुरा अध्ययन गर्नु पर्छ। हाम्रो निम्ति मुहिड़गुम अड़सीमाड़भन्दा पहिले धेरै योगीहरु आइसकेका छन्। त्यसैले यो कुरा हामीले मनन् गर्नु पर्छ।
              हाम्रो व्यहोरा आफै सुधार्नु पर्छ। त्यसकारणले आफ्नो व्यहोरा आफैले सुधारौ र आफ्नो धर्म आफैले सम्हालेर लैजाऔ। अरुले त सम्हाली दिदैन। तर भोली हाम्रो व्यहोरा सुध्रियो भने अरुले पनि त्यही व्यहोरा सिकेर,सुधारेर लान्छ।किनकि ,यसमा समस्त मानव जातिको हित छ।
____________________________________

यसको बारेमा एउटा उदाहरण दिन चाहन्छु कि तपाईहरुलाई पहिले पहिलेको ठूल-ठूला योगीहरु अहिले यो संसारमा छैनन् । हरेक कुराहरु पत्ता लगाउने तिनीहरु नै हुन। संसारमा पहिलेका योगीहरु नै जन्मेका छन्।पहिले समाधि ध्यानबाट ज्ञान प्राप्त गर्थ्यो।अहिले चाहि अनेक भौतिक सामग्रीहरु भेला गरेर अनेक कुरा पत्ता लगाउने बैज्ञानिक भएका छन्। संसार भनेको यस्तो हो। संसारमा हामी मर्दैनौँ खालि सर्छौ मात्रै।
             हामी यस धर्तीमा नयाँ लुगा लाएर आउँछौ,पुरानो भएपछि यल्लाई छोडी राख्छौँ, अनि हामी नयाँ लुगा लाउन जान्छौँ।अनि फेरि आउँछौँ। फेरी खेल्छौँ,बस्छौँ। संसार भनेको यो हो। यही कुरा नै धर्मले देखाउँछ।
             हाम्रो आत्मा भनेको तागेरा निड़वाभूमाड़को ज्योति प्राप्त भएको एउटा लाइट हो। यो कहिले पनि मर्दैन।यो फेरि आउँछ। जान्छ,आउँछ-जान्छ। हाम्रो आवागमन गर्ने बाटो खुल्ला हुन्छ।
             त्यसकारण हामीले बाटो सुधार्नु पर्छ।जब हामी धर्ममा लाग्यौँ नि।यो धर्म पालन गरेर बाटो सुधार्दैछौ।हाम्रो हिड्ने बाटोमा खरेक-खरेक गरेर खरेटो लाउँदैछौँ।हाम्रो पापहरु धोएर फाल्दैछौँ।
           ज्ञान भन्ने चीज त साबुन जस्तै हो।यो साबुनको रुपमा मान्दाखेरी पनि हुन्छ किनभने जब मैलो लुगा साबुनले धुन्दा लुगा सफल हुन्छ।त्यसैगरी ज्ञानले साबुनको काम गर्छ।ज्ञानले नराम्रो सोचलाई पखाल्छ। ज्ञान भन्ने चीज यस्तो हो। तपाई हामीले यसरी चिन्नु पर्छ।त्यसरी हामीले त्यो कुरा साह्रै जानेर बस्नुपर्छ।
              हामीले पानी शुद्ध मात्र पिउनु पर्छ।हामीले पानी बनाएर पिउनु पर्छ ।शुद्धतामा हामीले साह्रै ध्यान दिनुपर्छ।हामी शुद्ध बोली बचन  बोल्नु पर्छ ।शुद्ध बानी राख्नुपर्छ।
              यसरी हामी हरेक कुरामा शुद्धता आएपछि हाम्रो रगत सुधार हुँदै गएपछि हाम्रो नात-सन्तान राम्रो हुँदै जान्छन्।हामी किरात धर्मावलम्बीहरुको बाटो चाहिं त्यो है।
___________________________________

एक खाल समाज सुधार भयो भने त्यस्ले अर्को समाज सिकाउछ।अर्को समाज सिकाए पछि ठूलो हुन्छ।त्यसो हुदै राष्ट्र, देश, मुलुककै सुध्रिन्छ।सुधार हुदै गएपछि के हुन्छ त? भन्दा ठूलो हुन्छ।त्यसो हुदै राष्ट्र, देश मुलुककै सुध्रिन्छ।सुधार हुदै गएपछि के हुन्छ त? भन्दा ठूलो ठूलो बैज्ञानिक, ठूलो ठूलो राजनेता, ठूलो ठूलो धनीमनीहरुको जन्म हुदै जान्छ।अनि सुधार हुदै जान्छ।ठूलो ठूलो बैज्ञानिकहरु जन्मेपछि भौतिक सुविधाहरु दिदै जान्छ।भौतिक उहरु -बिज्ञानहरु विकास हुदै जान्छ।अ    ठूल ठूलो राजामन्त्रीहरु हुदै जान्छ।त्यस्तो क्या, बाटो यो हो।त्यो बाटोमा तपाईहरु हिडिरहनु भाकोछ।तर चिन्नु चै भाको छैन।र अब त्यल्ले गर्दा खेरी चिन्ने कोशिश गर्नु।म यही भन्छु।
ल, अब मेरो, मेरो आफै उदाहरण दिन्छु।
ए   त्यो बालागुरु, त्यो आत्मानन्द त हामीसँगै हिडेयाँ-पढेयाँ, सँगै हिडेको-खेलेको त हो नी। के जान्या छ त? हामी जति त जान्दा छ नी। हामी जस्तै त हो नी। भनेर मलाई भन्छ। तर ऊ अज्ञानता छ। उसले भविष्यको कुरा जान्दैन्। भूतकाल,वर्तमान,भविष्यकाल त जान्दैन्। ऊ के भएर बस्छ।सक्छ। तर तपाईहरुलाई मैले राम्रो बाटोमा ल्याएर गुमाएछु भने ईतिहास त रहयो, ज्ञान त रहयो,दर्शन त रहयो।त्यो तपाईहरुको भावी सन्तानहरूलाई काम त दियो।हो यो कुराहरु तपाईहरुलाई उदाहरण दिन्छु।

~~~~~~~~~~~~~~~~~~~~~~~~~

धर्मले ज्ञान जन्माउँछ, ज्ञानले विज्ञान जन्माउँछ। विज्ञानले मानव सभ्यताको विकास गर्छ। मानव सभ्यता भित्र अस्तित्व कहिले मर्दैन।

- किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द "सेईङ"

No comments: