भजन संग्रह (स्वलगनशील किराँत परिवार)

 ।। किराँत धर्म दर्शनदाता महागुरू फाल्गुनन्द लिङ्देन।। 



##  किराँत धर्म गुरू आत्मानन्द लिङ्देनज्युबाट स्वलगनशील किराँत परिवारलाई दिनुभएको आशीर्वाद सहित शुभकामना।।



माङ्शिवाखाहुन सेवामा पालना गर्नुपर्ने नियमहरूः

१) सर्वप्रथम माङ्शिवाखाहुनको बारेमा जानकार हुने।

२)माङ्शिवाखाहुन सुरू गर्न अघि तोकिएको स्थानमा गुरूदेवहरूको तस्विर, तीनवटा दियो कलश, धूप र फूलहरू सजाउनु पर्छ। 

३)सजावट सकिएपछि भक्तजनहरू वा सहभागीहरू सजाइएको दियो कलस र गुरू तस्विरहरूलाई नजर सामु पारि बस्नुपर्छ। 

४)यसरी बस्दा महिला र पुरुष अलग अलग पङ्क्तिमा बस्नुपर्छ। 

५)माङ्शिवाखाहुनमा सहभागीहरूले अनिवार्य माङ्पोशक लगाउनुपर्छ। सम्भाव नभए कम्तीमा साधारण सेतो कपडा लगाउनुपर्छ। 

६)कार्यक्रम सञ्चालन गर्दा उद्‌घोषक वा प्रवर्चकले गुरूदेवहरू,ईष्टदेवहरू स्मरण गरी सबैलाई तीन चोटि सेवाकोलागी अनुरोध गर्नुपर्छ। 

७)सेवापछि किराँत धर्मका धार्मिक नाराहरू र जयजयकारहरू गुञ्जायमान गराउनुपर्छ। 

८)कार्यक्रमको पहिलो चरणमा "जय जय महागुरू","धर्म गुरूज्यू" र "जय जय गुरूमा" भजनहरू प्रस्तुत गरिन्छ। र अन्य भजनहरूलाई कार्यक्रम तालिकाअनुसार प्रस्तुत गरिन्छ। 

९)माङ्शिवाखाहुन कार्यक्रमको अवधिसम्म अत्यन्त अनुशासित भई बस्नुपर्छ। कार्यक्रम बीच कुनै कारणबस जान परे माङलाई सम्झेर तीन पटक सेवागरि जानुपर्छ र फर्केर आसनमा बस्नुअगी तीन पटक माङसेवा गरी बस्नुपर्छ। 

किराँत धर्मिक नाराहरू:

किराँत हाङ्साम साम्यो   :- तीयाहा !

महागरू फाल्गुनन्द  :- अमर रहुन्  !

मुहिगुम् अङ्सीमाङ् आत्मानन्द: -  चिरआयु रहुन्  !

मुहिगुम् अङ्सीमामाङ् पबित्र हाङ्मा :- चिरआयु रहुन्  !

ताया सान्नोसाम् माङ्छेन्माङ् ओपुरङ् :- चिरआयु रहुन् !

ताया सान्नोसाम्मा लादिप् हाङ्मा ओपुरङ् :- चिरआयु रहुन् !

विश्व शान्तिको  :- जय 

सम्पूर्ण सकल प्राणीको  :- जय 

माङ्सेवासाम्लोहरू:

१) जय जय महागुरू............                   

                                       शब्द:  हाङ्मा चाम्लिङ्(दिम्माली)

                                       संगीतः सुमन दिम्माली


(जय जय महागुरू)२

(मुक्तिको मार्ग, दियौ हामीलाई 

भव यो सागरबाट ,उठायौ सबैलाई) २

जय जय महागुरू.......................


(सत्यनाम माङ्को जपेर, ज्योतीको दर्शन पाएर

यो भजन गाउँदैछौं ,सेवाभक्ति गर्दैछौं)२

माङ्सँगै जान पाउँ भनेर)२

जय जय महागुरू.......................


(मरेर जाने यो चोला, मट्टीमै मिलि जान्छ 

आत्मा त आखिर ,अजम्बरी छ)२

(गएर माङ्सँगै मिल्नेछ) २

जय जय महागुरू.......................

(ओत् माङ्ङे सेवारो)३

___________________________________________

२)धर्म गुरू ज्यू....................

                                   शब्द:  आर.बी रिहाङ 

                                       संगीतःसुमन दिम्माली


धर्म गुरू ज्यू ~~~~

धर्मगुरूज्यू , आत्मानन्द धर्मगुरूको

सेवा गर्छौँ  हामी हजुरको

(भक्तजन सबै मिलेर 

आत्मा ज्ञानको ज्योती बालेर)२

धर्म गुरूज्यू ............................


(पुन: अवतार महागुरूको

ध्यान बचन सोँचाई मनको)२

(सेवा गर्छौ हामी सबैले

सामु आईदेउ हामी जहाँ भए)२

धर्म गुरूज्यू ............................


(गुरू हजुर जहाँ भएपनि

पैलाईरहन्छौँ भक्तजन हामी)२

(आशीर्वादको बचन पाएर

फैलन्छौ नि विश्व ढाकेर)२

धर्म गुरूज्यू ............................

_________________________________________________

३) जय जय गुरूमा......................

                                 शब्द संगीत: सुमन दिम्माली


जयजय गुरूमा पवित्र हाङमा

जयजय गुरूमा युमा माता

शरणमा तिम्रै आइरहेछौँ

आ, हा हा हा ,प म ग, प म ग 

आ हा हा हा

शरणमा तिम्रै आईरहेछौँ

मुक्तिको मार्ग खोल्दै

(माङसेबुङ् धाईरहेछौँ)२

जयजय गुरूमा............................


(जगतकै माता तिमी , युमाको अवतार 

सेवा गरी पार तर्छौ, यो भवसागर)२

महिमा तिम्रै गाईरहेछौँ

आ हा हा हा , प म ग , प म ग

आ हा हा हा

महिमा तिम्रै गाईरहेछौँ

आत्माको मुक्ति रोज्दै

(माङ्हिममा धाईरहन्छौँ)२

जयजय गुरूमा............................


(ममताले भरि दियौ, सारा मानिसलाई 

पाप सबै धोईदियौ अज्ञानीलाई ज्ञान दिलाई) २

अमर आयु वर्दान , मागी रहेछौँ

आ हा हा हा, प म ग, प म ग

आ हा हा हा

सत्यको डुङ्गा चढ्दै 

(भवसागर तरिरहेछौँ)२

जयजय गुरूमा............................

____________________________________________

४) ज्योतिको दर्शन...............

                                           शब्द: आर.बी.रिहाङ 

                                           संगीत: सुमन दिम्माली


ज्योतिको दर्शन तपस्या मार्ग

(अन्तर ध्यान जप सुरूमा)२

ज्ञानको ढोका खुलाई दिने

(सेवा छ हाम्रो माङ्छेनमाङ् गुरूमा)२

ज्योतिको दर्शन तपस्या मार्ग..................


लोक लोकमा डुलिहिड्दछौँ

हजुरहौ ज्ञान गुरू

हजुरपो रहेछौ ज्ञान गुरू भनि

(अहिलेपो चिन्दैछौ किराती हामी)२

ज्योतिको दर्शन तपस्या मार्ग..................


अज्ञानले ढाकेको किरातीलाई

ज्योतीमय गुरू आई

प्रकाशमय किरणले ढाक्दैछ

(शरणमा फूलचढाई पाउमा सेवा छ)२

ज्योतिको दर्शन तपस्या मार्ग..................

____________________________________________

५) मर्ने चोला जानी किन ?

                                      शब्द:  नर बहादुर दिम्माली

                                         संगीत: सुमन दिम्माली


मर्ने चोला जानी किन .........

मर्ने  चोला जानी किन ध्यान नगर्ने?

(औंला गन्दै दिन बित्छ, हुन्छ बेला मर्ने)२

मर्ने चोला जानी किन ......................


(यो गर्ने र त्यो गर्ने, के के गर्ने गर्ने

सेवा बाहेक केहि छैन, पापबाट तर्ने)२

मर्ने चोला जानी किन ......................


(ज्ञान बिना रित्तो भएँ, भएँ जिउँदो लाश

उमेरैमा मर्न चाहन्न , रह्यो बाँचने आशा)२

मर्ने चोला जानी किन ......................


(निङवाभूमाङ ज्ञान देउ ,भक्त बनाउ

कलियुगको पापबाट ,सबलाई बचाउ)२

मर्ने चोला जानी किन ......................


मर्ने चोला जानि किन, ध्यान नगर्ने

(औंला गन्दै दिन बित्छ ,हुन्छ बेला मर्ने)२

मर्ने चोला जानी किन ......................

____________________________________________

६) कलियुगमा पापै पाप छ ................

                                शब्द: नर बहादुर दिम्माली

                                संगीत: सुमन दिम्माली    

                                    

कलियुगमा पापै पाप छ

कलियुगमा पापै पाप छ, धर्म कहिँ छैन)२

(मानिसको जीवन हो, अजम्बरी होइन) २

कलियुगमा पापै पाप छ.........................


(मर्नुपर्छ हामी यहाँ, निश्चय एक दिन)२

(आउ सबै भजन गाउँ, केहि एकै छिन)२

कलियुगमा पापै पाप छ.........................


(आईदेउ निङवाभूमाङ ,साथ राखी देउन)२

(अभिमानी मनको पर्दा , पर सारी देउन)२

कलियुगमा पापै पाप छ.........................


कलियुगमा पापै पाप छ, धर्म कहि छैन

(मानिसको जीवन हो, अजम्बरी होइन) २

कलियुगमा पापै पाप छ.........................

____________________________________________

७) महागुरूको दिव्य ज्ञानले.................

                                  शब्द:  अबीलाल साम्पाङ 

                                

  संगीत: सुमन दिम्माली

महागुरूको दिव्य ज्ञानले

पाप सबै धोईरहेछौँ

लेप्मुहाङको सिवा खाहुन सुनाई रहेछौँ)२

महागुरूको दिव्य ज्ञानले............................


(अङ्सीमाङको शरणमा सेवा भक्ति अर्पण गरौँ है)२

(माङछेन् माङ्को आत्मा ज्ञानलाई जीवन भरी जपौँ है)२

महागुरूको दिव्य ज्ञानले............................


(आउ एकै छिन् भजन गाऔन

आँखा चिम्लि ध्यान धरौन)

नबगोस है मन कतै तागेरामाङ जपिरहौंन)२

महागुरूको दिव्य ज्ञानले

पाप सबै धोईरहेछौ

लेप्मुहाङ्को सिवाखाहुन सुनाईरहेछौ)२

महागुरूको दिव्य ज्ञानले............................

__________________________________________________

८) सुन धर्मको सन्देश आज 

                                  शब्द संगीत:  हेमिश खेसाङ


(सुन धर्मको सन्देश आज , आँखामा आँसु रसाउँछ है

स्वीकार गुरूको उपदेशलाई  मनमा शान्ति दिलाउँछ) २

सुन धर्मको सन्देश आज.....................................


(आखिर संसारका सारा जीव नासिने छन्)२

झनै पापीहरू यहाँ नर्कमा फँसिनेछन्

हामी किराती माङको महिमा गाउनेछौं

माङको ~~~~~महिमा गाउनेछौँ

अनि अनन्त जीवन पाउनेछौँ

सुन धर्मको सन्देश आज.....................................


(हेर सुन्दर जीवन यो अमर ज्ञानको प्रतिक)२

झनै माङ्सेबुङ् माङ्हिम हाम्रो शान्ति र मुक्तिको प्रतिक

हामी किराती माङको महिमा गाउनेछौँ

माङ्को ~~~~महिमा गाउनेछौ 

(अनि अनन्त जीवन पाउँने छौँ)

सुन धर्मको सन्देश आज.....................................

____________________________________________

९) दुर्लभ छ पाउन........................

                          शब्द संगीत: सुमन दिम्माली


दुर्लभ छ पाउन हो........................

दुर्लभ छ पाउन मानिस चोला

(पाइँदैन जो सोचिन्छ बारम्बार) २

दुर्लभ छ पाउन हो...........................................


(चोलायो हाम्रो दुईदिने पाहुना हो)२

(खाउँला लाउँला भन्दाभन्दै)२

(मरेर जाने हो)२

दुर्लभ छ पाउन हो............................................


खालि हात आयौं खाली हात जानुछ)२

सतजन हो सोँची गमेर भन)२

(मरि के लानु छ)२

दुर्लभ छ पाउन हो............................................


(लिँदानै जन्म यो चोला मर्ने पाएछौँ)२

(लोभ र पापमा यो चोला आज

फ़ँसाई रहेछौँ)२

दुर्लभ छ पाउन हो............................................


(तागेरा माङको शरणमा शिर झुकाउँ)२

(श्रदा र भक्तिले गुरूको पाउमा)२

(सेवा हामी चडाऔं)२

दुर्लभ छ पाउन हो............................................

________________________________________________

१०) कसरी तर्छौ पार .................

                            शब्द संगीत: सुमन दिम्माली


कसरी तर्छौ पार .............................

कसरी तर्छौ पार यो भवसागर 

(गुरू बिना अपुरोछ)

(जीवन हाम्रो अन्धकार )२

कसरी तर्छौ पार .............................


(लोभ र पापमा फँसिरहेछौ हो)२
(बन्दैछौ नरकवासी
ओत् : तागेरा माङलाई भूलि)२

कसरी तर्छौ पार .............................


(चौरासी जुनीमा उत्तम यो चोला हो)२

(दुर्लभ छ फेरी पाउन 

ओत् तागेरा माङ्लाई चिन)२

कसरी तर्छौ पार .............................

____________________________________________

११) आत्मा ज्ञान 
                            शब्द संगीत: सुमन दिम्माली


आत्म ज्ञान सबैले जान बेलैमा
नत्र फेरि पर्नु पर्ला झेलैमा)२
------------------------------------------------

(आउन सबै सेवा गरौँ माङहिममा बसेर) २

(पार होस् हाम्रो यो आत्मा भन्दै एक चित्त भएर)२

(पबित्र मनले गुरूको तस्विर दुई हातले छोएर)२

(मनको मैलो पखाल्दै जाऔं ज्ञानले धोएर)२

------------------------------------------------

(सेवा गरी पार तरौं यो भवसागर) २

(भक्तिले पायौं यो हाम्रो चोला नत्र के पाइन्थ्यो र)२

पबित्र मनले गुरूको तस्विर दुई हातले छोएर)२

मनको मैलो पखाल्दै जाऔं ज्ञानले धोएर)२

आत्म ज्ञान सबैले जान बेलैमा

नत्र फेरि पर्नु पर्ला झेलैमा)२

_________________________________________________

१२) मन मेरो मोज-मस्तिमा

                                 शब्द ः रत्न बहादुर थुलुङ्

                                     संगीत: सुमन दिम्माली


मन मेरो मोज-मस्तिमा..................

मन मेरो मोज-मस्तिमा तन मेरो धनमा

(जिब्रो मेरो मिठो स्वदमा कान गान धुनमा)२

यसै गरि बिते जीवन बिते दिन रात, 

भैगएछ मर्ने बेला कसले दिने साथ 

मन मेरो मोज-मस्तिमा..................


(माङको वचन सुन्न मैले कहिलै मानिन)

सबले गाउँथे मीठो भजन मैले जानीन)२

यसै गरि बिते जीवन बिते दिन रात

भैगएछ मर्ने बेला कसले दिने साथ)२

मन मेरो मोज-मस्तिमा..................


(तागेरामाङ ज्ञान देउ भक्त बनाउ

मेरो मनको कालो पर्दा पर सारी देउ)२

यसै गरी बिते जीवन बिते दिन रात

भैगएछ मर्ने बेला कसले दिने साथ)२

मन मेरो मोज-मस्तिमा..................

____________________________________________

१३) आउन जाऔं है

                                    शब्द संगीत: सुमन दिम्माली


(आउन जाऔं है आउन जाऔं है

मुक्तिको मार्ग खोज्दै आत्माको मुक्ति रोज्दै)२

मनको दिप आजै जलाऔं

(पापबाट यो जीवनलाई चाँडै छुटाऔं)२.............


(शरणमा गुरूको पर्दै

निश दिन ज्ञानको माला जप्दै)२

(सत्यनामको चिन्तन गरौँ)

(संसारको झुटो जालमा अब धेरै नफसौं)२...........


(बलेको जीवन ज्योति यो

जस्तै गुरूको ज्योतिले)२

गुरू ज्ञान कहिलै नभुलौं

(यति सुन्दर जीवनलाई पार तारौं)२

आउन जाउँ है............................................

_________________________________________________

१४) कसरी तर्ने पार भाइ

                                    शब्द संगीत: सुमन दिम्माली


कसरी तर्नेपार भाइ , कसरी तर्ने पार

(महागुरू फाल्गुनन्द ,अनन्त जीवन दाता)२

(उनै हुन तागेरामाङ, उनैहुन मुक्ति दाता)२

कसरी तर्ने पार भाइ , कसरी तर्ने पार..........


(एकदिन मैले सोधेँ, तागेरामाङ्लाई

मुक्ति कहाँ मिल्छ) २

(बल्लपो थाहा पाएँ, जहाँ छन् गुरूजन)२

(आउ भाई लिन जाँउ मुक्तिको त्यो ज्ञान)२

कसरी तर्ने पार भाइ .................................


(निश दिन सेवा गरे गुरूको चरणमा

मनमा शान्ति दिलाउँछ) २

(बल्लपो थाहा पाएँ जहाँ छन् गुरूजन)२

आउभाइ लिन जाउँ , अनन्त जीवन) २

कसरी तर्नेपार भाइ , कसरी तर्ने पार

_________________________________________________

१५) माङ्ले रच्यो (न्वारन वा जन्मदिनको शुभकामना विहानको कार्यक्रममा गाइने भजन)

                                     शब्द: नर बहादुर नासमी

                                         संगीत: सुमन दिम्माली


(माङ्ले रच्यो माङ्ले सार्यो 

धर्म सँगै संसारमा झार्यो)२

माङ्ले रच्यो...................


सूर्यको न्यानो त्यो किरणसँगै

संसार हेर्न आएछौ)२

माङको कृपाले सुन्दर चोला

(नाम .................पाएछौ)२

फलोस फूलोस तिम्रो जीवन 

(यहि छ हाम्रो माङसँग प्रार्थना)२

माङ्ले रच्यो...................


जन्म है लियौ यो लोकमा

सुन्दर संसार हेर्नलाई 

सत्यनाम जप्दै सत्कर्म गर्दै

(नाम सुवास छर्नलाई )थऐ

(यहि छ हाम्रो शुभ कामना)२

(माङ्ले रच्यो माङ्ले सार्यो 

धर्म सँगै संसारमा झार्यो)२

माङ्ले रच्यो...................

_________________________________________________

१६) शुभकामना ..............(न्वारन वा जन्मदिनको शुभकामना साँझको कार्यक्रममा गाइने भजन)

                                    शब्द संगीत: सुमन दिम्माली


शुभकामना ......शुभकामना ......शुभकामना ......

आजको यो साँझ यो शुभ घडिमा.......तिमीलाई 

हाम्रो छ शुभ कामना)२...............................


जबभो तिम्रो बास आमाको कोखमा

(पाएथ्यौ माङ्को साथ प्यास र भोकमा)२

आजको यो साँझ........................................


फलोस फूलोस तिम्रो जीवन फूलझै बनेर

(शुभ नाम राख्नु तिमीले माङको साथ पाएर)२

आजको यो साँझ यो शुभ घडिमा.......तिमीलाई 


हाम्रो छ शुभ कामना)...................................

_________________________________________________

१७) मंगलहोस् मंगल होस् .........(शुभ दिन गाइने भजन) 

                                     शब्द संगीत: सुमन दिम्माली


मंगलहोस् मंगलहोस् सबजनलाई मंगलहोस्

(सबको घरमा सुख र शान्तिको दीप जलोस्)२

मंगलहोस् मंगलहोस्.................................


सबको मनमा खुशि छाओस्

सुख र शान्ति होइरहोस्

सयपत्री र मखमली फूलले

(सबको मन रमिरहोस्)२

तागेरा निङवाभूमाङको कृपाले सबको मनमा दीप जलोस्

मंगलहोस् मंगलहोस्.................................


(कुम्भकर्ण हिमालझैँ शीतल रहोस् सगरमाथा झैं उच्च रहोस्)२

गुराँस फूलझैं सुन्दर होस्(मन मन्दिर झैं पवित्रहोस्)२

तागेरा निङवाभूमाङको कृपाले सबैको मनमा आनन्द होस्)२

मंगलहोस् मंगलहोस्.................................


_________________________________________________

१८) जय महागुरू.............

                

जय महागुरू फाल्गुनन्द 

किराती कुलमा जन्मियौ

आफ्से आफ गुरू तिमी त

(ईश्वरकै अवतार थियौ है)२

जय महागुरू फाल्गुनन्द .........


(हामी अज्ञानी अन्धामुर्ख

तिम्रै लालाबाला हौँ )२

तिम्रै शक्ति भक्तिमा

(उनिएका माला हौं)२

जय महागुरू फाल्गुनन्द .........


किराती अधुरो अन्धकारलाई 

तिमीले नै हटायौ

तिम्रै शक्ति भक्तिले

(पापबाट हामीलाई बचायौ)२

जय महागुरू फाल्गुनन्द .........

_________________________________________________

१९) शरणमा माङ्कै............

                                     शब्द संगीत:  जे वी थुलुङ 


शरणमा माङ्कै , एक थुङ्गा फूल लिई आउदैछु)२

जीवनको पाप देखी ......मुक्ति मैले पाउँदैछु)

शरणमा माङ्कै.......................................


(धर्ती आकाश सृष्टि माङ्कै , सुख दुख लिला माङ्कै)२

संसारको जन्जालबाट पार गराउने कृपा माङ्कै)२

शरणमा माङ्कै.......................................


जन्मे पछि मर्नै पर्ने, संसारमा रीति माङ्कै

केहि छैन मरि लानु, सेवा गर्छु सँधै माङ्कै

शरणमा माङ्कै , एक थुङ्गा फूल लिई आउदैछु

जीवनको पाप देखी ......मुक्ति मैले पाउँदैछु

शरणमा माङ्कै.......................................


____________________________________________

२०) हे फाल्गुनन्द हो..............

                                            शब्द संगीत: जीत थुलुङ 


 हे फाल्गुनन्द हो..............

म त तिम्रै शरणमा पर्दैछु

सेवा र भक्ति गर्दैछु

(मलाई अन्धकारबाट मुक्ति दिलाउ)२

हे फाल्गुनन्द हो..............


युमा माता मुक्ति दाता ईश्वरनै तिमी हौ

संसारको सृष्टिकर्ता सबै तिमी हौ

हे फाल्गुनन्द हो..............


अज्ञानी मूर्ख हाम्रो वर्ग अन्धकार साँझमा

तिमीले अब देखाऊ मार्ग यो कर्म भूमिमा

हे फाल्गुनन्द हो..............


____________________________________________

२१) नोगेन गुरूदेवलाई......................

                                     शब्द संगीत:  हेमिश खेसाङ 


नोगेन (गुरूदेवलाई) २

(कोटी)२ (सेवा छ, माङमा शिर झुकाई) २

नोगेन .................................................


(कोहि भन्छन् अल्ला मेरो प्यारो यशु भेट्छौँ)२

बुद्ध,  विष्णु , महेश्वर हा , थाक्थाकुमाङ् देख्छौँ)२

(जगतमा आई , सारापाप हटाई) २

(साम्यो साक्थीम् दिलाउनु भो पार लगाई)२

नोगेन .................................................



(रिस र अहङ्कार पापमा फँसाउने)२

(आखिर ठूलो माङनै रहेछ,  हामीलाई बचाउने)

(आत्मा ज्ञान मिल्ने छ, माङको महिमा गाए

सारालाई ब्यूँझाउनेछौ सन्देश यो सुनाई) २

नोगेन .................................................


___________________________________________

२२) गुरू माङ्गेन्ना

                                           शब्द: प्रतिमान चाम्लिङ 

                                          संगीत: सुमन दिम्माली


जब आउँछ मङ्सिर महिना

तब सम्झौँ गुरूको माङ्गेन्ना)२

सत भक्ति लिई मनमा

जाऔँ सबै गुरूको शरणमा)२

जब आउँछ........................


अवतार लिई मानिस जीवनमा

पापले ढाकेको यो नरलोकमा

आत्मा ज्ञान दिलाउनु भो सबैमा

जाऔँ सबै गुरूको पाउमा)२

जब आउँछ........................



सेवा गरौँ मुजो:लुङ माङ्हिममा

मागौँ शान्ति र अनन्त जीवन) २

गाउँदै जाउ गुरूको महिमा

जाऔं सबै गुरूको चरणमा) २

जब आउँछ........................


____________________________________________

२३) श्रद्धाञ्जली भजन 

                                शब्द संगीत: सुमन दिम्माली


मोतीको हारले होइन ए ..............आमा तिमीलाई 

फूलै फूलको थुँगाहरूले तस्विर सजाई

स्वच्छ मन पवित्र आत्मा हृदयको ज्योति जगाई

दिँदैछौ हामी श्रद्धाञ्जली, शान्तिको दीप जलाई)२


मनुष्य चोला लिएर आयौ संसार हेर्नलाई 

मुक्तिको मार्ग पहिलाई हिँड्यौ भवसागर तर्नलाई

जीवन भरि भक्ति गर्यौ फुलको थुँगा चढाई

दिँदैछौ हामी श्रद्धाञ्जली मनको दिप जलाई


आजको यो साँझ यो शुभ घडी केवल तिमीलाई 

एक थुँगा फूल यी दुई हातले अर्पण्छौँ तस्विरलाई 

शरणमा लियोस, माङ्ले तिमीलाई शान्ति मिलोस त्यो आत्मालाई 

दिँदैछौ हामी श्रद्धाञ्जली आत्माको दीप जलाई 

मोतीको.........................................................

____________________________________________

२४) तागेरामाङ निङवाभूमाङ (आरती)

                                     शब्द संगीत: सुमन दिम्माली


तागेरामाङ निङवाभूमाङ मुसो:लुङमाङ् मुबेवामे

पोरोक्मीमाङ याम्भामिभे,हुक्सो हुक्फाक आसेवारो)२

गरौ बन्दना आज माङ्को श्रद्धा र भक्तिको फूल चढाई

हाम्रा हुन सत् गुरू ज्ञान विधाता अज्ञानता हृदयमा ज्योती जगाई 

सुम्नी माङङे सेवाओ पारूहाङङे सेवाओ

तायामी ओप्मी माङङे सेवाओ )२


भक्ति र सुमनको हार चढाई निशदिन माङमा सेवा चढाउँ

यो कलीको घोर भाव सन्तापमा गुरूको चरणमा शीर झुकाउँ)२

सुम्नी माङङे सेवाओ पारूहाङङे सेवाओ

जय जय महागुरू सेवाओ) २


तन मन जीवन अर्पी आज शरणमा परौँ भक्तपाल

हात बढाई करूणाको कोमल माङले दिन्छन् भाव बन्दना हरेकपल)२

सुम्नी माङङे सेवाओ पारूहाङङे सेवाओ

मुहिगुम अंसिमाङङे सेवाओ)२


राखी छवि माङ्को नयन बिन्दुमा गुरूको शरणमा शीर झुकाऊ

निश दिन माङको पदमा श्रद्धा र भावको फूलसँगै सेवा चढाऊ)२

सुम्नी माङङे सेवाओ पारूहाङङे सेवाओ

तायामी माङ्छेनमाङ्ङे सेवाओ)२

तागेरामाङ निङवाभूमाङ......................................

____________________________________________

स्वलगनशील किराँत परिवार 

बेलडागी झापा


बिशेष धन्यबाद: 

खाओत्हाङ चोङबाङ्
ईङमीहङ् लुगुन्

हाम्रो भजनहरूलाई लाईक गरिदिनुहोला



सबैलाई माङले रक्ष गरून ।।











































No comments: