पारुहाङ तिमी छौ।

 पारुहाङ तिमी छौ..............



सुन्यतामा तिमी छौ,एकान्तमा तिमी छौ।

सबैको हृदयकासमा स्वास-स्वासमा तिमी छौ।

भक्ति मूक्ति रिद्दि सिद्धि घटघटमा तिमी छौ

सारा संसार ब्रह्माण्डको कण-कणमा तिमी छौ।

चारै दिशा आठै कोणमा सर्वत्रमा तिमी छौ

सारा दुःख पीडाहरूमा साथी तिमी छौ।

सार दुनियाँ तिम्रै कृपा अनन्त तिमी छौ

अनन्त यो जीवनको सारथी तिमी छौ।

कता जाऊ कसलाई खोजु संसारमा अरु 

धन्य छुम अन्तकरणमा पारुहाङ तिमी छौ।


By prithiman thulung. 

No comments: