सुम्नीमा र पारुहाङ

 आकाश =पारुहाङ,    धरती= सुम्नीमा 


प्रकृती प्रेमी म ❤️


आकाशको भार थाम्नलाई 

धर्तीले बाहेक अरू कसले सक्छ र।

धर्तीको सारा लाज ढाक्नलाई

आकाश बिहेक अरू कसले सक्छ र ।


आकाशलाई न्यानो काखमा राख्ने

धर्ती बाहेक अरूको छ र।

धर्तीको सिरको घुम्टो सजाउने

आकाश बाहेक अरूको छ र।


आकाशले धरतीको लागी भनेर

सुन्दर सुन्दर बादलहरू सजाउँछन्।

धरतीले आकाशका लागी भनेर

बनजङ्गल डाँडाकाँडाहरू सजाउँछन्।


लाग्छ धरतीको बीना आकाश 

सदा सदा अँध्यारो र शून्य छ। 

आकाशको बीना धरतीपनि

सास बिनाको सदा निर्जीव छ।


त्यसैले धर्तीले आकाशको बीना

कहिलै बाच्ने कल्पना गरेनन्।

आकाशले पनि धरतीको बीना 

एक्लै बाच्ने सङ्कल्प गरेनन्।


अधुरो छन् आकाश धरतीको बिना

धरतीपनि अधुरो छन् आकाश बीना  

धरती र आकाश परिपूरक हुन् 

चल्दैन सृष्‍टि एक आपस बीना l 

No comments: